• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    एक्सनमा उत्रिए अवैध उत्खनन् रोक्न मध्यविन्दुका नगर प्रमुख भिमलाल अधिकारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ श्रावण २६, बिहिबार (३ साल अघि)
    1003

    Advertisement

    चोरमारा । नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न मध्यविन्दुका नगर प्रमुख भिमलाल अधिकारी एक्सनमा उत्रिएका छन् । अरुणखोलामा अवैध उत्खनन् हुन थालेपछि नगर प्रमुख अधिकारी एक्सनमा उत्रिएका हुन् । अवैध रुपमा उत्खनन् गरी जम्मा गरिएका नदीजन्य पदार्थ अहिले नगर प्रमुख अधिकारी सहितको टोलीले जफत गरेको छ । मध्यविन्दु–११ दमार क्षेत्रमा अवैध रुपमा उत्खनन् गरी जम्मा गरिएको ढुंगा मध्यविन्दु नगरपालिकाले जफत गरेको हो ।बुधबार जिसस प्रमुख बाबुराम विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे सहित अनुगमन गर्न पुगेको नगरपालिकाको टोलिले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरि जम्मा गरिएको अवस्थामा फेला पारेको थियो । ति सामाग्रीहरुको जफत गर्ने नगरकार्यपालिकाको बुधबारको निर्णय बमोजिम आज नगरपालिकाले ति ढुंगाहरु जफत गरेको हो । अरुणखोला किनार दमार क्षेत्रमा ठुलो परिमाणमा ढुंगाहरु जम्मा गरि राखिएको छ । ति ढुंगाहरु अहिले जफत गरि अरुणखोलामा ल्याइएको छ । अवैध निकास रोक्न नगरपालिकाले कडाईका साथ कार्य अगाडी बढाएको नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । जफत गरिएका ढुंगाहरु लिलाम गरिने नगरपालिकाले जनाएको छ ।

    ढुंगा जफत गर्न गएको नगरपालिकाको टोलिलाई स्थानीयले बिहान केही बेर अवरोधको प्रयास गरेका थिए । मध्यविन्दु–११ को अरुणखोला बहुमुखी क्याम्पस अगाडी स्थानीय व्यवसायिहरुले अवरोध गर्दा बिहान ६ बजे सो स्थानमा पुगेको टोलि १२ बजेपछि मात्रै अवैध रुपमा जम्मा गरिएको स्थान तर्फ लागेको थियो । व्यवसायिहरुले राजश्व दाखिला गरेर सो सामाग्री आफुहरुले प्राप्त गर्न पाउनुपर्ने माग राखेर ढुंगा जफतको लागि पुगेका सवारीहरुलाई फिर्ता पठाउने लगायतका अवरोध गरेका थिए । अवरोधका बिच नगरपालिकाले अवैध उत्खनन् गरिएका ढुंगा जफत गर्ने आफ्नो पूर्व निर्णय अनुसार दमार क्षेत्रबाट ढुंगा जफत गरि अरुणखोला ल्याएको छ । अरुणखोलाबाट दमार तर्फ प्रस्तान गरेको सवारीहरुलाई अवरोध गर्न खयरसालमा सडक नै अवरोध गरी ट्याक्टरहरु राखिएको थियो । व्यवसायिहरुले गरेको अवरोध खेदजनक रहेको भन्दै तत्काल खाली गराउन नगर प्रमुख भिमलाल अधिकारीले व्यवसायिहरुलाई अनुरोध गर्नु भएको थियो । ट्याक्टर चालकहरु नभेटिएपछि इलाका प्रहरी कार्यालय दुम्किबासबाट आएको टोलिले ट्याक्टरहरु सडकबाट हटाएर सवारी सञ्चालनको वातावरण तयार गरेको थियो ।


    नदीपदार्थको अवैध उत्खनन् कुनैपनि अर्थमा स्वीकार्य नभएको भन्दै अवैध निकासी रोक्न नगरपालिका एक्सनमा उत्रिएको नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । उहाँले व्यवसायिहरुलाई व्यवसाय सञ्चालनको लागि वातावरण तयार गर्ने पक्षमा आफु रहेको भन्दै अवैध निकासीलाई भने सम्पूर्ण हिसावले निस्तेज गर्ने बताउनुभयो । अवैध रुपमा संकलन गरिएको ढुंगा जफत कार्यमा स्थानीय व्यवसायिको अवरोध हुने जानकारी पाएको नगरपालिकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित जफत गर्न पुगेको थियो । दमारको विभिन्न स्थानमा जम्मा गरिएका ढुंगा जफत कार्य शनिबार सम्म हुने नगरपालिकाले जनाएको छ । सबै जफत कार्य शुक्रबार नसकिएको कारण शनिबार पनि बाँकी रहेको ढुंगा जफत गर्ने नगरपालिकाका नगर प्रमुख अधिकारीले बताउनुभयो । यस अगाडी बुधबार जिल्ला समन्वय समिति नवलपुर प्रमुख बाबुराम विश्वकर्मा, जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्व सिडियो सुमन घिमिरे सहित सुरक्षा निकाय, जनप्रतिनिधिले सो स्थानको स्थलगत अनुगमन गरेको थियो ।
    बिहिबार जफत गर्न नगर उपप्रमुख पूर्णकला चौधरी, वडा अध्यक्षहरु रामभक्त अधिकारी, परशुराम महतो, रणबहादुर थापा, महेश्वर भुषाल, कान्ता कुमाल, अर्जुन प्रसाद पंगेनी, मिनबहादुर दर्लामी, याम बहादुर के.सी. सहितका जनप्रतिनिधि, सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ६%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution