
चितवन ।पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान नौ बजे ट्रक त्रिशूलीमा खसेको हो ।
मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । ट्रक बाहिर निकाल्ने प्रयास जारी रहेको छ । घटनाको थप जानकारी आउँन बाँकी छ । (रासस)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१