
कावासोती । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालले रोकिएको शल्यक्रिया भदौ ६ गतेबाट शुरु गरेपछि धमाधम शल्यक्रिया भएको छ । बिगत पाँच महिना देखी रोकिएको शल्यक्रिया सेवा शुरु भएको छोटो अवधिमा झण्डै एक दर्जन शल्यक्रिया भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशले चिकित्सक नियुक्त परेपछि नियुक्त पाएको पहिलो दिनमै भदौ ६ गते डा. अर्चन घिमिरेको टिमले विनयी त्रिवेणी १ का २४ बर्षीय पुरुषको एपेन्डिक्सको शल्यक्रिया गर्नु भएको थियो । डा. घिमिरेकै टिमले बुधबार कावासोतीका ५४ बर्षीय पुरुषको तिन ठाउँको हर्नियाको एकै पटक अप्रेशन गरेको अस्पतालले जनाएको छ ।
युवा डा. घिमिरेको टिम जिल्ला अस्पतालमा रहदा शल्यक्रियाको सुबिधा पाएपछि स्थानीय खुसी भएका छन् । सामान्य रोग लाग्दा मात्रै होइन शल्यक्रियाका लागि समेत बाहिर जान नपर्ने हुँदा जिल्ला अस्पतालको सेवाबाट खुसी हुने अवस्था देखिएको कावासोतीका सुरज शर्माले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१