
कावासोती । नवलपुरको डण्डामा नीजि स्तरबाट सञ्चालन रहेको कावासोती हस्पिटलले शल्यक्रिया शुरु गरेको छ । बिरामीहरुलाई शल्यक्रियाको अभावमा जिल्ला बाहिर जान नपरोस् भन्ने भावनाका साथ हस्पिटलले शल्यक्रियाको सेवा शुचारु गरिएको हस्पिटलका प्रबन्ध निर्देशक प्रविन खनालले जानकारी दिनुभयो ।
हस्पिटलको स्थापना संगै, बिशेषज्ञ सेवा सहितका उपचारहरु हस्पिटलमा हुने गरेको छ । कावासोती १४ का दश बर्षीय बालकको शनिवार डा. अर्चन घिमिरेको टिमले एपेन्डिक्सको शल्यक्रिया गरेको हो । नवलपुरमा स्वास्थ्य सेवा क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरु निरन्तर लागि परेको प्रबन्ध निर्देशक खनालले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१