
नवलपुर ।गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले नवलपुरको कावासोती नगरपालिका स्थित प्रस्तावित लोकाहा खोला औधोगिक क्षेत्रको अवलोकन गर्नु भएको छ । अर्थ मन्त्रालयको काम बिषेशले नवलपुर पुग्नु भएको मन्त्री बरालको साथमा अर्थ सचिब बिष्णु प्रसाद शर्मा, उपसचिब वसन्तराज तिवारी, मन्त्रीका निजी सचिब कृष्ण प्रसाद पौडेल सहितको टोलीले उक्त औधोगिक क्षेत्रको अवलोकन गर्नु भएको हो ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सागर खनालले उक्त प्रस्तावित औधोगिक क्षेत्रको बारेमा जानकारी गराउनु भएको थियो । प्रदेशले उक्त क्षेत्रमा १ सय ४१ बिगाहा (करिब १८ सय रोपनी) जग्गामा औधोगिक क्षेत्र बनाउने योजना बनाएको उनले जनाए । नवलपुरको लोकाहा खोला र कास्की र तनहुँको सिमानामा पर्ने पुंडिटारमा प्रदेशस्तरिय औधोगिक क्षेत्र पूवार्धार निर्माण गर्न यस चालु आर्थिक बर्ष २०७९/०८० मा ६० लाख रुपैया बजेट विनियोजन भएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१