
मधुवन ।बर्दियाको मधुवन नगरपालिका–४ बेल्वमा चितुवाको आक्रमणमा परी एकजना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय ढोढरीका अनुसार मधुवन नगरपालिका–४ बेल्वाका ५६ वर्षीय हरिहर सापकोटा चितुवाको आक्रमणमा परी घाइते भएका हुन् । उनको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । सापकोटाको पाखुरा तथा शरीरका अन्य भाग घाउ रहेको प्रहरीले जनाएको छ ।(रासस)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१