
चितवन । नारायणी पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका व्यक्तिको पहिचान खुलेको छ । बेपत्ता हुने व्यक्ति कालिका नगरपालिका–७ जुटपानी बस्ने वर्ष ३२ को अनुप पोख्रेल भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
पोख्रेललाई प्रहरीले अझै फेला पारेको छैन । बिहीबार बेलुका करिब ७ बजेको समयमा पोख्रेलले पुलमा प्रदेश ३–०२–००२ प ९१३६ नम्बरको सिल्बर रङको स्कुटर, निलो रङको चप्पल र सामसुङ कम्पनीको एक थान मोबाइल छाडेर नदीमा हाम फालेका थिए । पोख्रेलको खोजीका लागि विपद व्यवस्थापनसहितको प्रहरी टोलि खटिएको उनले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१