
कैलाली । टीकापुर अस्पतालमा ओपिडी टिकट काट्दा नक्कली नोट भेटिएको छ । टीकापुर अस्पतालमा बुधबार साँझ ओपिडी टिकट काट्दा छ ५२ ०६१६३४ नम्बरको १ हजारको नक्कली नोट रहेको र आज बिहान उक्त नोट गड्डीमा फेला परेको टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारीले बताउनुभयो ।
उक्त नोटको छानबिनको लागि इलाका प्रशासन कार्यालय टीकापुर र इलाका प्रहरी कार्यालय टीकापुरलाई पत्र पठाई छानबिनको लागि निवेदन दिएको अध्यक्ष सोडारीले जानकारी दिनुभयो । साथै उहाँले टीकापुर अस्पतालमा रहेका कर्मचारीलाई निर्देशन दिँदै आउँदा दिनमा रकम लेनदेन गर्दा समेत ध्यान दिन आग्रह गर्नुभएको छ । उक्त नोटको बीचमा कागज समेत चप्काएको देखिन्छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१