
चितवन।हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक तीर्थस्थल देवघाटधाम पहिराको जोखिममा परेको छ । देवघाटको वेणीसङ्गमस्थल नजिक त्रिशूली नदीतर्फ सुक्खा पहिरो जान थालेपछि देवघाटधाम जोखिममा परेको हो ।विनाशकारी भूकम्प पश्चात पहिरो जान सुरु भएको देवघाटधाममा पटकपटक पहिरो खस्दै आएको छ । देवघाटको वेणीसङ्गम नजिकै त्रिशूली नदीतर्फको भागबाट सुक्खा पहिरो जान थालेपछि यहाँ १० रोपनीभन्दा बढी जमिन तथा आठ कुटीमा पूर्ण क्षति पुगिसकेको छ ।पुनः आज बिहान गएको सुक्खा पहिराका कारण वेणी सङ्गममा स्नान गर्न जाने पदमार्ग नै बन्द भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रिप्रसाद अधिकारीले जानकारी दिनुभयो । “माटो निरन्तर खसिरहेको छ”, उहाँले भन्नुभयो, “मानवीय दुर्घटना हुनसक्ने जोखिमले क्षेत्र विकास समितिले बाटो बन्द भएको बोर्ड नै टाँसेको छ ।” देवघाट वेणीमा स्नानका लागि जान क्षेत्र विकास समिति र स्थानीय सरकारले निर्माण गरेको रेलिङसहितको पक्की संरचना नै पहिराले भत्काएर त्रिशूलीमा पु¥याएको अधिकारीले बताउनुभयो ।
देवघाटधामको इतिहास बोकेको गलेश्वर आश्रमको संरक्षणमा राज्यले चासो नदिएको उहाँको गुनासो छ । पाँच वर्षअघि लाखौँ खर्च गरेर डिपीआर निर्माण गरिएको भए पनि कुनै पनि सरकारले बजेट विनियोजन नगरेको पीठाधीश ज्ञानानन्द सरस्वतीजीले बताउनुभयो । रासस
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१