
देवचुली । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली –१५,मा यात्रु बाहक वर्ष दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट नारायणगढका लागि छुटेको ना ८ ख २५३८ नम्बरको बस अनियन्त्रीत भएर पल्टिँदा दुई जना घाइेत भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनुभयो ।
बसमा चालक ,सहचालक सहित ७ जना सवार रहेकोमा दुई जना घाइते भएका हुन् । घाइते हुनेमा काठमाण्डौं नागार्जुन –७ ,बस्ने २१ वर्षीय रिपा खनाल र पश्चिम नवलपरासी सुनवल–१३ ,बस्ने २५ वर्षीय विन्दु अधिकारी रहेका छन् । घाइते दुवै जनाको देवचुली अस्पतालमा उपचार भइरहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१