• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २३, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

२

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

३

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

४

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

५

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

६

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

७

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

८

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

९

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१०

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

११

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

१२

थाकल बेचेरै पालिएका छन् परिवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीमा बसपार्क नहुँदा समस्या, अव्यवस्थित पार्किङका कारण दुर्घटनाको जोखिम

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ आश्विन २६, बुधबार (२ साल अघि)
    bus

    Advertisement

    त्रिवेणी।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर हालसम्म बसपार्क निर्माण हुन सकेको छैन । देशकै मध्यभागमा पर्ने र पूर्वपश्चिम राजमार्गले करिब ६५ किलोमिटर छुने यहाँ दैनिक सयौँ सवारी आवतजावत गर्छन् । स्थानीय तथा लामो दूरीका सवारी विभिन्न क्षेत्रबाट छुट्ने गर्दछन् । तर अझैसम्म जिल्लमा भने एउटा पनि बसपार्क निर्माण हुन सकेको छैन् ।बसपार्क नहुँदा अव्यवस्थित पार्किङको समस्या निम्तिएको छ । जिल्लाको सदरमुकाम कावासोतीमा बसपार्क नहुँदा झनै पार्किङको समस्या बढ्दो रहेको छ । वर्षेनी यातायातको सङ्ख्या बढ्दै गए पनि बसपार्कको व्यवस्था नहुँदा राजमार्ग छेउछाउमा अव्यवस्थित पार्किङको समस्या बढ्दो रहको छ । यो समस्या भित्री सडकहरूमा समेत देखिन थालेको छ ।बसपार्क नहुँदा सडक छेउछाउमा हुने अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिमसमेत निम्ताएको छ । जिल्लामा राजमार्गसँग जोडिएका क्षेत्रहरू कावासोतीसहित दलदले, चोरमारा, प्रगतिनगर, गैँडाकोटमा सवारीको चाप थप बढ्दो रहेको छ । सबै क्षेत्रमा अव्यवस्थित पार्किङको समस्या रहेको छ । पालिकाले आवश्यकताका आधारमा साना, ठूला सवारीका लागि बसपार्कको अवधारणा बढाउनुपर्ने सरोकारवालाको भनाइ छ ।

    “सबै क्षेत्रमा आवश्यकता पहिचान गरी ठूलो नभए पनि पार्किङ गर्न मिल्ने गरी बसपार्कको अवधारणा बढाउनुपर्छ, मुख्य बजार कावासोतीमा भने यसको अभाव खड्किन थालेको छ”, स्थानीय रुपेश गिरीले भन्नुभयो । कावासोती जिल्लाको केन्द्र भएकाले यहाँ तत्काल बसपार्क निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । पूर्वपश्चिम राजमार्गबाहेक जिल्लाको पहाडी क्षेत्र, पूर्वी पाल्पा, नवलपुरसँग जोडिएका तनहुँका केही क्षेत्रका बासिन्दासमेत नवलपुरको बाटो हुँदा आवतजावत गर्ने गर्दछन् ।राजमार्गसँग जोडिएका विभिन्न बजारबाट त्यसतर्फ जिपहरू छुट्ने गर्दछन् । गिरीका अनुसार ती सवारी कहाँ राख्ने भन्ने चालकलाई चिन्ता भए जस्तै यात्रुलाई समेत कुन रुटका लागि कहाँ सवारी पाइन्छ भन्ने समस्यामा पर्ने गरेका छन् । उहाँले भन्नुभयो, “बिभिन्न भित्री गाउँमा जानेलाई सवारी कहाँ पाइन्छ भन्ने चिन्ता हुन्छ, राति अलि अबेर आए कहीँ सवारी भेटिँदैनन्, कमसेकम बसपार्क भए त सवारी हुन्छ, विकल्प हुन्छ ।”

    जिल्ला बसपार्कको आवश्यकता रहेको र यसका लागि पालिकाहरूले पहल गर्नुपर्ने जिल्ला ट्राफिक कार्यालय नवलपरासी ९ बर्दघाट सुस्तापूर्व ० नवलपुरका सूचना अधिकारी लेखनाथ पुरीले बताउनुभयो । पालिकासँगै सम्बन्धित यातायात व्यवसायीले यसको विषयमा पहल गर्नुपर्ने र बसपार्क भए राजमार्ग छेउमा हुने अव्यवस्थित पार्किङको समस्या हट्ने उहाँको भनाइ छ ।जिल्लाको सदरमुकाम रहेको कावासोती नगरपालिकाले व्यवस्थित बसपार्क निर्माणको योजना बनाएको कावासोती नगरप्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । बसपार्कको आवश्यकता महसुस गरी कावासोती–१६, बसपार्क निर्माणको योजना रहेको उहाँले बताउनुभयो ।सहरी विकास तथा भवन निर्माण आयोजनाको सहकार्यमा बसपार्क निर्माणको काम अघि बढाउने तयारी गरिएको उहाँको भनाइ रहेको छ । “जिल्लामै बसपार्क छैन, त्यसमा पनि हामी सदरमुकामको पालिका, यहाँ बसपार्कको आवश्यकता छ, त्यही आवश्यकता महसुस गरी बसपार्क निर्माणको योजना बनाएका छौँ”, नगरप्रमुख भुसालले भन्नुभयो । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • नारायणगढ-मुग्लिन सडक सञ्चालनमा


  • Advertisement

    समाचार
  • १

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • २

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ३

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ४

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ५

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ६

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ७

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ८

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • ९

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • १०

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution