• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र ९, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

२

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

३

कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

४

नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

५

विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

६

गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

७

लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

८

मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

९

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

१०

दाउन्ने क्षेत्रको सडकमा ढलान

११

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

१२

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पूर्वी नवलपरासीमा चुनावी सरगर्मी बढ्यो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ आश्विन २८, शुक्रबार (२ साल अघि)
    chunab-pic

    Advertisement

    कावासोती । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पूर्वी नवलपरासीमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि जिल्लाको माहोल तात्न थालेको हो । जिल्लामा शीर्ष नेताले उम्मेदवारी दिएकाले पनि चुनावको चर्चा बढेको छ ।प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइराला र नेकपा एमालेबाट केन्द्रीय सदस्य कृष्ण पौडेलबीचको प्रतिस्पर्धालाई चासोका रुपमा हेरिएको छ भने क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ सत्तागठबन्धनबाट कांग्रेसका विष्णुकुमार कार्की र एमालेका केन्द्रीय सदस्य तिलबहादुर महतबीच प्रतिस्पर्धा हुने देखिएको छ । कोइराला र महत यसअघि पनि क्रमशः क्षेत्र नं १ र २ बाट निर्वाचित हुनुभएको थियो ।

    जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभाका क्षेत्रमा पनि विशेषगरी सत्ता गठबन्धनबाट र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेशसभातर्फ क्षेत्र नं १ को ‘क’ मा सत्ता गठबन्धनबाट कांग्रेस जिल्ला सभापति महेन्द्रध्व जजिसी र एमालेबाट एमाले केन्द्रीय सदस्य रविन्द्र अधिकारी चुनाबी मैदानमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने क्षेत्र नं १ को ‘ख’मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका लोकप्रसाद भूर्तेल र एमालेबाट रोशनबहादुर गाहाले उम्मेदवारी दिनुभएको छ ।

    त्यसैगरी क्षेत्र नं २ मा प्रदेशसभातर्फ ‘क’मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका सौगमकुमार सिरपाली र एमालेबाट पद्ममा जिसीको उम्मेदवारीलाई चासोका रुपमा हेरिएको छ भने प्रदेशसभातर्फ ‘ख’मा सत्ता गठबन्धनबाट नेकपा एसका डा गोपाल खनाल र एमालेका लक्ष्मणबहादुर पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

    निर्वाचनको तयारीस्वरूप सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षीदलले बैठक र भेला सुरु गर्न थालेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपालगायतका दलले बैठक र भेलालाई तीव्रता दिएका हुन् ।
    दुई लाख ६० हजार चार सय ६१ मतदाता

    प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि नवलपुरमा मतदाताको सङ्ख्या दुई लाख ६० हजार चार सय ६१ पुगेको छ । दुई वटा प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्र रहेको जिल्लामा एक लाख २४ हजार तीन सय ३६ पुरुष, एक लाख ३६ हजार एक सय २१ महिला र अन्य चार मतदाता रहेका निर्वाचन आयोगले शनिबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा जनाइएको छ ।

    आयोगका अनुसार जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ मा ६२ हजार पाँच सय ९६ पुरुष, ६८ हजार पाँच सय ८४ महिला र अन्य एक जना गरी जम्मा एक लाख ३१ हजार एक सय ८१ र प्रतिनिधिसभा क्षेत्र नं २ मा ६१ हजार सात सय ४० पुरुष र ६७ हजार पाँच सय ३७ महिला र अन्य तीन जना गरी एक लाख २९ हजार दुई सय ८० मतदाताले आगामी निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

    प्रदेशसभातर्फ क्षेत्र नं १ को ‘क’ मा ३० हजार चार सय ५५ पुरुष, ३३ हजार ०८० महिला गरी ६३ हजार पाँच सय ३५, प्रदेशसभा १ ‘ख’ मा ३२ हजार एक सय ४१ पुरुष, ३५ हजार पाँच सय चार महिला र अन्य एक गरी ६७ हजार छ सय ४६ मतदाता रहेको आयोगले जनाएको छ ।

    त्यस्तै प्रदेशसभा २ को ‘क’ मा ३० हजार नौ सय ४३ पुरुष, ३३ हजार पाँच सय ७४ महिला र अन्य एक गरी ६४ हजार पाँच सय १८, प्रदेशसभा २ को ‘ख’ मा ३० हजार सात सय ९७ पुरुष, ३३ हजार नौ सय ६३ महिला र दुई अन्य गरी जम्मा ६४ हजार सात सय ६२ मतदाता रहेको आयोगले जनाएको छ ।

    त्यस्तै निर्वाचन आयोगले जिल्लामा आगामी निर्वाचनका लागि एक सय १३ मतदानस्थल र तीन सय दुई वटा मतदान केन्द्र रहने जनाएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा ५७ मतदानस्थल र एक सय ५३ मतदान केन्द्र र क्षेत्र नं २ मा ५६ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन् ।

    ६८ जना उम्मेदवार

    मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नवलपुरमा आइतबार भएको मनोनयन दर्तामा ७६ जनाले उम्मेदवारी दर्ता गराएकामा आठ जनाले उम्मेदवारी फिर्ता गरेपछि उम्मेदवारी दिनेको सङ्ख्या ६८ जना पुगेको छ । दुई सङ्घीय निर्वाचन क्षेत्र र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा जम्मा पाँच महिलाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

  • कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास


  • Advertisement

    समाचार
  • १

    विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • २

    मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

  • ३

    कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • ४

    नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • ५

    विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • ६

    गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

  • ७

    लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

  • ८

    मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

  • ९

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • १०

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution