
दाङ।दाङमा एउटै खाडलमा किशोर किशोरी शव भेटिएको छ । जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा शव फेला परेको हो । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा उनीहरु फेला परेका हो ।त्यस्तै स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव गाडिएको अवस्थामा आइतबार दिउँसो फेला परेको थियो। जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार दुबैको टाउकोमा गहिरो चोट पटक देखिएको छ।जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले घटनाको प्रकृतिका हेर्दा उनीहरूको हत्यामा चिनजानकै र नजिकका आफन्तको संलग्नता हुनसक्ने बताए।
प्रहरीका अनुसार असोज २७ गते रातिदेखि उनीहरू बेपत्ता भएका थिए। असोज २८ गते आचार्यकी मावली हजुरआमा स्थानीय प्रहरी चौकी कौवापुरमा पुगेर आफ्नो नाति बेपत्ता रहेको भन्दै खोजी गरिदिन आग्रह गरेकी थिइन्।महतरा र आचार्यको शव आइतबार बेलुका अबेर मात्रै त्यहाँबाट निकालेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि पुर्याइएको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१