
चितवन।चितवन क्षेत्र नं २ बाट उमेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला घरदैलोमा व्यस्त छन् । उनी पुगेको ठाउँमा छोटो समयमा मान्छेको भिड लाग्ने गर्छ । रविलाई हेर्नकै लागि पनि मान्छेको भिड लाग्ने गरेको छ । घरदैलोका क्रममा आज विकास चोक पुगेका रविले यहाँको जनताको लागि दिनरात नभनि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।चितवनका जनताले यसपाली परिवर्तनको घण्टी बजाउने पनि उनले विश्वास व्यक्त गरे । ‘चितवनले यसपाली परिवर्तनको घण्टी बजाउने छ’, उनले भने, ‘म यहाँ चुनाव जित्न मात्र आएको होइन । चुनाव जितु वा नजितु यहाँ दिनरात काम गर्ने छु । यहाँको समस्यालाई आफ्नो समस्या ठानेर काम गर्छु ।’
राम्रो मान्छे चुन्न सकियो भने देशमा परिवर्तन सम्भव छ भन्ने कुरा देशभरलाई थाहा हुने उनले बताए । आफु नयाँ पुस्ताको प्रतिनिधिका रुपमा आएको भन्दै उनले चितवनका जनताको सुख दुःखमा सँधै साथ दिने प्रतिबद्धता व्यक्त गरे । रविले आज आफ्नो निर्वाचन क्षेत्रमा पर्ने भरतपुर–५ मा घरदैलो कार्यक्रम गर्दै छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१