
काठमाडौं । ब्याटल राउन्डमा जित निकाल्दै नेपाली मूलकी परिजिता बाँस्तोला अमेरिकी संस्करणको द भ्वाइसको नकआउट चरणमा प्रवेश गरेकी छन् ।नेपाली समयानुसार बुधबार बिहान भएको प्रतिस्पर्धामा उनले अन्य दुई प्रतिस्पर्धीलाई समेत हराइन् । कोच जोन लिजेन्डको समूहबाट नकआउट चरणका लागि परिजिता र मेरिलाइन्डबीच प्रतिस्पर्धा भएको थियो ।कोच जोनले ब्याटलको लागि ‘हाउ डीप इज योर लभ’ गीत गाउन सुझाएका थिए । उक्त गीत गाएर चारैजना कोचलाई परिजिताले मन्त्रमुग्ध बनाएकी थिइन् ।
जोनसहित चारैजना कोचले नकआउट चरणका लागि परिजितालाई रोजेका थिए । सानो उमेरमा उनले यति गम्भीर गीतलाई समधुर र सहज ढंगले गाएको भन्दै कोचले प्रशंसा गरेका थिए ।परिजिता परिवारसहित अमेरिकामा बस्दै आएकी छन् । १७ वर्षीया यी किशोरीलाई नेपाली समुदायबाट पनि समर्थन मिलिरहेको छ ।यता द भ्वाइसको नेपाली संस्करणमा पनि ब्याटल राउण्ड चलिरहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१