
काठमाडौं । रुसले युक्रेनको विद्युत् तथा ऊर्जा गृहहरू माथि क्षेप्यास्त्र प्रहार गरे पछि युक्रेनमा ठुलो ऊर्जा संकट उत्पन्न भएको छ । युक्रेनको राष्ट्रिय ऊर्जा कम्पनीले आज सम्म सबै विद्युतीय उपकरण चार्ज गर्न आग्रह गरेको छ ।
आज देखी दैनिक ४ घण्टा सम्म लोडसेडिङ हुने युक्रेनी अधिकारीहरूले जनाएका छन् ।
यसैबीच रुसले हिजो पनि युक्रेनी ऊर्जा गृहहरूमा आक्रमण जारी राखेको छ ।
गत अक्टोबर १० देखी रुसले युक्रेनको ऊर्जा गृहहरू माथि क्षेप्यास्त्र आक्रमण सुरु गरेको थियो ।
यसैबीच युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेस्कीले रुसी आक्रमणमा युक्रेनको ३० प्रतिशत भन्दा बढी विद्युत् गृहहरू क्षतिग्रस्त भएको बताउनु भएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१