
चितवन।भरतपुर महानगरपालिका–११ जखडीमाईस्थित घरको छतबाट खसेर दुई वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ऋषिराम भट्टको दुई वर्षीय नाती सियास भट्ट रहेका छन् ।हिजो (बिहीबार) दिउँसो करिब १२ः४० बजेको समयमा आफ्नै घरको छतमा खेल्ने क्रममा तीन तलामाथिबाट खसेर बालक गम्भिर घाइते भएका थिए ।
उनको उपचारको लागि चितवन मेडिकल कलेजतर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । मृतक बालकको बुबा सिताराम भट्ट र आमा आशा भट्ट हाल जापानमा रहेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१