
परासी। पश्चिम नवलपरासीमा डुगां डुब्दा तीन जनाको मृत्यु भएको छ । सुस्ता गाउंपालिका ४ गोकुलनगर को नसर्ही खोलाको घोलमा डुंगा डुब्दा सो दुर्घटना भएको हो । सुस्ता गाउंपालिका ४ मा पिकनिक खान गएका युवाहरु चढेको डुगां दुर्घटना हुदा सुस्ता गाउंपालिका ४ का २२ वर्षिय गुडडु हरिजन ,सोही स्थानका १८ वर्षिय निरज हरिजन र रन्जित गुप्ता गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख एसपी ऋषिराम कण्डेलले जानकारी दिए । डुंगामा सवार ३ जना घाईते भएका छन् । घाईते हुनेमा २२ वर्षिय किशोर हरिजन , सोहीत सहानी घाईते छन् । पिकनिक जान गएका युवाहरु चढेको डुंगा डुबेको हो । नारायणी नदीनदीको घोलामा डुंगा डुबेको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१