चितवन । तनहुँको ब्यास नगरपालिका १२ छिर्केनेमा चितुवाको आक्रमणबाट मंगलवार साँझ एक बालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साँझ ६.३० बजेको समयमा घर नजिकै बसिरहेका राजु कुँवरका ८ वर्षीय छोरा अभिनव कुँवरलाई चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।
तनहुँका डीएसपी युवराज खड्काले घटना भएको सूचना लगत्तै प्रहरी टोली तर्फ परिचालन गरिएको जानकारी दिए । बालकको शवलाई घटनास्थलबाट मुचूल्का गरेर दमौली ल्याउने प्रयास भइरहेको उनले बताए ।गत कार्तिक ४ गते तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट ११ वर्षीय विना चेपाङको मृत्यु भएको थियो ।तनहुँको बन्दिपुर, भानु र ब्यासमा चितुवा आक्रमणको बिगबिगी छ । ती पालिकाहरुमा दर्जनभन्दा बढि बालबालिकाहरुले ज्यान गुमाईसकेका छन् भने केही घाइते भएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१