
काठमाडौं।निर्वाचन आयोगले सरकारी खर्चमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी अभियान अन्तर्गत डडेल्धुरा जान रोक लगाएको छ । आयोगले प्रधानमन्त्री देउवालाई यात्रा स्थगित गर्न भनेको छ ।प्रधानमन्त्री देउवा सरकारी खर्चमा निर्वाचन प्रचारप्रसारका लागि डडेल्धुरा जाने तयारीमा गरेको भन्दै यो आचारसंहित विपरित भएकोले अनुमति दिन नसकिने आयोगको भनाइ छ । आयोगले प्रधानमन्त्री र मन्त्रीहरूलाई आफू उम्मेदवार भएको क्षेत्रबाहेक अन्यत्र प्रचारमा जान नदिने भनी आचारसंहितामा व्यवस्था गरेको थियो ।
चौतर्फी दवावपछि सरकारी स्रोतसाधन प्रयोग नगर्ने गरी आयोगको अनुमतिबाट मात्रै जान पाउने व्यवस्था परिमार्जन गरेको हो । तर, सरकारी सवारी साधनबाटै जान खोजेपछि प्रधानमन्त्रीको यात्रामा रोक लगाएको स्रातले बतायो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१