
काठमाडौं।तान्जानियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना भएको हो । ४३ जना सवार रहेको उक्त विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु र २६ जना घाइते भएको बीबीसीले जनाएको छ ।उक्त विमान दारेसलामबाट बुकोबाका लागि उडेको थियो ।
विमान दुर्घटनाको कारण खुलेको छैन । यद्यपि दुर्घटनाको कारण खराब मौसम भनिएको छ । आँधी र ठूलो वर्षामा उक्त विमान परेको थियो । स्थानीयवासी र माझीहरुले डुंगाको सहायतामा यात्रुहरुलाई उद्धार गरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१