
हेटौंडा।मकवानपुरको हेटौंडामा एक व्यक्तिले सेल पकाइरहेको तातो तेल अनुहारमा छ्याप्दा दुईजना घाइते भएका छन्। स्थानीय ३४ वर्षीय निर बहादुर भोलन र २७ वर्षीय सागर जिम्बा बसिरहेको अवस्थामा हेटौंडा १९ बस्तिपुर बस्ने २८ बर्षीय मोहन दोङले तेल छ्यापेका हुन् । त्यस्तै घाइते दुवैको अनुहार र आँखा घाउँ लागेको छ ।
मकवानपुर प्रहरीका अनुसार उपमहानगरपालिका १३ बनस्पति स्थित कालेश्वर मन्दिरमा परम्परागत मेलामा आगो तापिरहेको समयमा सेल पकाइरहेको तातो तेल दोङले अनुहारमा छ्याप्दिइका थिए । मापसेपछिको बिबाद भएपछि तातो तले प्रहार भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । तेल प्रहार गर्ने मोहन दोङ प्रहरीलाई नियन्त्रणमा लिएर जिप्रका मकवानपुरमा राखिएको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१