
कावासोती । पूर्वि नवलपरासीको कावासोतीमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले वृक्षारोपण गरेको छ । बैंकको कावासोती शाखाद्वारा शनिबार कावासोती –८ मा रहेको लुम्बिनी आर्दश डिग्री कलेजको परिसरमा वृक्षारोपण गरेको हो । बैंकले आफ्नो १४ औं वार्षिक उत्सव तथा सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत फलफुल सहित बिभिन्न १० जातको एक सय बिरुवा रोपण गरेको बैंकका कावासोती शाखा प्रमुख विश्वास थापाले जानकारी दिए । वृक्षारोपण कार्याक्रममा लुम्बिनी आर्दश डिग्री कलेजका क्यापस प्रमुख बाबुराम रानाको प्रमुख आतिथ्यता रहेको थियो । उनले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो कलेजमा वृक्षारोपण गरेकोमा धन्यवाद दिदै अझ वित्तिय कारोवारसँगै अन्य सामाजिक काममा पनि सहभागी हुन अनुरोध गरेका थिए ।
कार्यक्रममा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक कावासोती शाखाका शाखा प्रमुख बिश्वास थापाले देशभर १४ हजार विरुवा रोपण गर्ने लक्ष्य रहेको र सोही अभियान अन्र्तगत लुम्बिनी कलेजमा एक सय बिरुवा रोपण गरेको बताए । उनले कलेजमा वृक्षारोपण गर्दा हरियाली सगै वातावरणमैत्री समेत हुने भएकाले कलेजमा वृक्षारोपण गरेको बताए । वृक्षारोपण गरिएका बिरुवाकोे रेखदेख र संरक्षण क्यापसले नै गर्ने शाखा प्रमुख थापाले बताए । वृक्षारोपण कार्यक्रममा सानिमा लाइफ इन्सुरेन्स कावासोती शाखाका प्रशान्त चापागाई ,नेको इन्सुरेन्स कावासोती शाखाका अनुप शर्मा ,वच नेपाल प्राविका प्रिन्सिपल सुरज सापकोट , बैंकका कर्मचारीहरु सहित कावासोतीका युवाहरुको सहभागीता रहेको थियो । अहिले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको कावासोती शाखा सहित देश भर ८६ वटा शाखा कार्यालय, एक वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१