
वीरगञ्ज । निर्वाचनलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । नेपाली सेनाले पनि ठाउँ ठाउँमा गस्ती गरिरहेको छ ।
भारतीय सीमावर्ती शहर रक्सौलबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामा सोमबारदेखि तालिम प्राप्त कुकर प्रयोग गरेर चेकजाँचमा कडाइ गरिएको छ । रक्सौलबाट नेपाल प्रवेश गर्ने नाकामा मितेरी पुल, शंकराचार्यद्वार, रजतजयन्ती चोक, छपकैया, सिर्सिया छोटी भन्सारमा तालिम प्राप्त कुकुर परिचालन गरेर चेकजाँचमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
भारतबाट प्रवेश गर्ने पैदल यात्रु, सवारी साधनको चकजाँचमा तालिम प्राप्त कुकुर प्रयोग गरिएको छ । वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लका अनुसार पहिलो दिन कुकुरले ६ एम्पुल लागु औषध बरामद गरेको छ । नुर्फिन, फेनारगन र डाइजेपाम २/२ एम्पुल सहित वीरगञ्ज– १९ बिन्दवासिनी बस्ने १९ वर्षीय सहिद मियालाई पक्राउ गरिएको उनले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१