
नवलपुर । पूर्वी नवलपरासीको झाक्रेमा रहेको एक मतदान केन्द्रको मतपेटिकामा आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । देबचुली नगरपालिका-४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा रहेको प्रदेश समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको हो ।
मतपेटिकामा आगजनी गरेको आरोपमा स्थानीय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । मतपेटिकामा आगजनी गरेपछि उनी भागेका थिए । मतदान केन्द्रबाट करिब २ किलोमिटर टाढा पुगेर प्रहरीले उनलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१