• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र १६, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्री ओली चीन प्रस्थान

२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

३

आजको मौसम पूर्वानुमानः देशभर मध्यम वर्षाको सम्भावना

४

विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

५

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

६

कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

७

नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

८

विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

९

गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

१०

लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

११

मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

१२

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चेपाङ समुदायमा रोकिएन बालविवाह

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ मंसिर १६, शुक्रबार (२ साल अघि)
    IMG_1369-scaled

    Advertisement

    भरतपुर।चितवनको इच्छाकामना गाँउपालिका–५ जौगैराकी पिपला चेपाङले कक्षा ८ मा पढ्दापढ्दै भागेर विवाह गर्नुभयो । पन्ध्र वर्षका उमेरमा विवाह गर्नुभएकी उहाँको एक सन्तान जन्मिसकेको छ । पिपला अहिले १९ वर्षको पुग्नुभयो । तीन वर्षको छोराको स्याहारसुसार र घरायसी काममा नै उहाँको अहिले दैनिकी बित्ने गरेको छ । आर्थिक अभावका कारण खान लाउन धौधौ भएपछि उहाँका श्रीमान् रोजगारीका लागि कुवेत जानुभएको छ । “सानोमा बिहे गर्नु हुँदैन भन्ने थाहा त थियो तर गरियो, अहिले आएर पछुतो लाग्छ”, चेपाङले भन्नुभयो । उहाँसँगै जौगैराकै सुनिता, गीता र लालमाया चेपाङको पनि १४÷१५ वर्षका उमेरमा नै विवाह भएको छ । उनीहरु सबैको बालबच्चा भइसक्यो । बालविवाह कानुनतः बर्जित छ तर चेपाङ समुदायमा चेतना अभाव, गरिबीलगायतका कारण बालविवाह हुँदै आएको छ ।सत्र वर्षकी सुनिता चेपाङको पहिलो सन्तान जन्मिसकेको छ भने पुनःगर्भवती हुनुहुन्छ । उहाँले कक्षा ५ पढ्दै गर्दा बिहे गरेपछि विद्यालय जान बन्द भयो । चौध वर्षमा नै बिहे गर्नुभएकी उहाँलाई ख्यालख्यालमै बिहे गरेको जस्तो लाग्छ अचेल । “पल्लो गाउँमा लागेको मेला हेर्न जाँदा मन परेर भागियो उहाँ भन्नुहुन्छ”, पहिलो भेटमा नै बिहे गरेको हुँ ।” १७ वर्षकी गीता चेपाङको बिहे गरेको तीन वर्ष भयो । उहाँका दुई सन्तान छन् । उहाँको पनि १५ वर्षको उमेरमा बिहे भएको थियो । जौगैराकी लालमाया चेपाङका एक छोरा र छोरी छन् । उहाँले पनि १४ वर्षको उमेरमा बिहे भएको बताउनुहुन्छ ।जौगैराकै माया चेपाङले ४० वर्षको उमेरमा आठ सन्तानलाई जन्म दिनुभयो । जन्मेका मध्ये छ सन्तान मात्र उहाँको साथमा छन् । दुई सन्तानको जन्मेको चार÷पाँच महिनामै मृत्यु भयो । १४ वर्षको उमेरमा बिहे गर्नुभएकी उहाँको ठूलो छोरा २० भइसक्यो भने सानो साढे चार वर्षकी छोरी । उहाँ अब सन्तान नजन्माउने सोचमा हुनुहुन्छ । तर श्रीमान्ले कर गरेका कारण धेरै सन्तान जन्माएको उहाँ बताउनुहुन्छ । “अहिले आएर सानो उमेरमा बिहे गर्ने र धेरै सन्तान जन्माउने ठीक होइन भन्ने लाग्छ”, उहाँले भन्नुभयो, “दुःख पाइँदोरहेछ ।” उहाँले गाउँमा आउने स्वास्थ्य स्वयंसेविकाले भनेपछि धेरै कुरा आफूहरुले थाहा पाएको बताउनुभयो । सानो उमेरमा बिहे र धेरै बच्चा जन्माएका कारण आफ्नो स्वास्थ्यसमेत कमजोर भएको उहाँको भनाइ छ ।

    पामडाँडा स्वास्थ्यचौकीका इञ्चार्ज चन्द्रबहादुर गुरुङ कम उमेरका चेपाङ किशोरी गर्भवती जाँचका लागि आउने गरेको बताउनुभयो । तीमध्ये अधिकांश चेपाङ र जनजाति समुदायका छन् । विवाह गर्न कम्तीमा २० वर्ष पुग्नुपर्छ । कतिपय चेपाङ किशोरी पहिलोपटक रजस्वला हुनासाथ गर्भवती बन्नुपर्ने बाध्यता छ । “गाउँभरि आफन्त, छरछिमेक सबैको सानैमा बिहे भएको देखेका हुन्छन् अनि ख्यालख्यालमै बिहे गरिहाल्छन्”, उहाँ भन्नुहुन्छ, “कोही चाहिँ साच्चै बाध्यतामा परेर पनि गर्छन् ।” बुबाले अर्को श्रीमती ल्याएको हुन्छ, आमा अर्कोसँग बिहे गरेर गएको हुन्छ । सौतेनी बुबाआमाले हेलाँ गर्छन् अनि केटा भए एउटी केटी खोजेर घरजम गरिहाल्छ, केटी भए एउटा केटा खोजेर गइहाल्छन् ।” चेपाङ गाउँमा बुबाले अर्की श्रीमती ल्याउने, आमा पोइल जाने परम्परा जटिल समस्याका रूपमा रहेको छ । यसले कलिला बालबालिकाको भविष्य नराम्ररी बिगार्ने गरेको उहाँको भनाइ छ ।इच्छाकामना गाउँपालिका–५ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाका प्राचार्य यानबहादुर गुरुङ विद्यालयस्तरमा जति नै प्रयास गर्दा पनि बालविवाह कम गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले शिक्षण पेसा गर्न थालेको २५ वर्ष भयो, अहिले पनि यो समुदायमा बालविवाह उस्तै छ ।” उहाँले ५÷६ कक्षामा पढ्दापढ्दै विद्यार्थीले बिहे गर्ने गरेको बताउनुभयो ।चेपाङ समुदायका बालबालिका भोजभतेरमा जाने, चिनजान हुने र त्यहीबाटै भाग्ने प्रचलन रहेको उहाँले बताउनुभयो । बालविवाहसम्बन्धी चेतना अभिभावकमा पनि नहुँदा समस्या भएको उहाँको भनाइ छ । उहाँले अझै पनि चेपाङ समुदायको बस्तीमै चेतनामूलक र शिक्षामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ ।

    इच्छाकामना गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटा बालविवाहका कारण यो समुदायका बालबालिका गम्भीर प्रकृतिको समस्याको सिकार बन्ने गरेको बताउनुभयो । “सानो उमेरका महिलाको शारीरिक विकास तथा अन्य कुरामा परिपक्वाता आएको हुँदैन । कम उमेरमा विवाह गर्दा अपरिपक्वाताले समस्या निम्त्याउँछ”, उहाँले भन्नुभयो ।आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन्छ भने जन्मिएको बच्चा पनि लुलो लङ्गडो, अपाङ्गता भएका, सुस्तमनस्थितिको हुनसक्छ । गर्भ तुहिने सम्भावना बढी हुन्छ । शारीरिक र मानसिकरुपमा आमाको वृद्धिविकास भएको हुँदैन । उहाँले गाउँपालिकाले स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकामार्फत गाउँगाउँमा अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।इच्छाकामना –६ का वडाध्यक्ष लक्ष्मण प्रजा सही उमेरमा सही शिक्षा लिन नसक्दा चेपाङ समुदायमा बालविवाह कम हुन नसकेको बताउनुभयो । “चेपाङ समुदायमा सानै उमेरमा विवाह गर्नुको एउटा मुख्य कारण गरिबी पनि हो”, उहाँले भन्नुभयो, “घरको परिस्थितिका कारण पेटभरी खान पाइन्छ भनेर पनि विवाह गरेका पाइएको छ ।” “भौगोलिक विकटताका कारण पढ्ने उमेर घरमै बित्छ, जसका कारण उनीहरु बिहे गर्न हतार गर्छन्”, वडाध्यक्ष प्रजाले भन्नुभयो, “चेपाङ समुदायमा बालविवाहसम्बन्धी चेतानामूलक कार्यक्रम न सरकारीस्तरबाट भएको छ न गैरसरकारी संस्थाबाट बालविवाहसम्बन्धी यथार्थ तथ्याङ्कसमेत नरहेको उहाँले बताउनुभयो ।उहाँले जनप्रतिनिधिका रुपमा स्थानीयस्तरमा सचेतना फैलाए पनि पर्याप्त नभएको बताउनुभयो । “स्थानीयस्तरमा सामाजिक सशक्तीकरणभन्दा पनि भौतिक विकासलाई प्राथमिकता दिइने गरेको छ”, उहाँले भन्नुभयो”, टोल बस्तीमा पनि यस्ता योजना प्राथमिकतामा पर्दैनन् ।”रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • प्रधानमन्त्री ओली चीन प्रस्थान

  • कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

  • आजको मौसम पूर्वानुमानः देशभर मध्यम वर्षाको सम्भावना

  • विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड


  • Advertisement

    समाचार
  • १

    प्रधानमन्त्री ओली चीन प्रस्थान

  • २

    कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

  • ३

    आजको मौसम पूर्वानुमानः देशभर मध्यम वर्षाको सम्भावना

  • ४

    विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • ५

    मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

  • ६

    कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • ७

    नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • ८

    विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • ९

    गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

  • १०

    लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution