
मंसिर। बिहान सबेरै कुखुराको भाले जब बास्न थाल्छ तब उठ्ने समय हुन्छ । तर सबैलाई कुखुरी काँ‘‘को आवाजसँगै उठ्ने मौका मिल्दैन । कतिपयलाई कुखुराको आवाज नै मन नपर्न पनि सक्छ । छिमेकी मुलुक भारतमा कुखुराकै कारण प्रहरीमा उजुरी नै परेको छ । मध्यप्रदेशमा एक जना व्यक्तिले छिमेकीको कुखुरा जोडदार रुपमा बास्दा होहल्ला भएर आफूलाई दिक्क भएको भन्दै प्रहरीलाई गुहारेका छन् ।पेसाले चिकित्सक रहेका ती व्यक्ति छिमेकीको कुखुराको आवाजले निकै बेखुसी थिए । त्यसैले उनले छिमेकीको कुखुराको आवाज बन्द गराउन माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । अनौठो निवेदन प्राप्त भएपछि प्रहरीले दुवै पक्षसँग छलफल गरेर समस्या सुल्झाउने बताएको छ । यदि त्यसो गर्दा पनि समस्या समाधान नभएमा कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
स्थानीय पलासिया प्रहरी चौकी प्रमुखका अनुसार छिमेकीको कुखुरा विरुद्ध उजुरी दिने चिकित्सकको नाम आलोक मोदी हो । उनी पलासिया क्षेत्रको ग्रेटर कैलाश अस्पताल नजिकै बस्छन् । उनको निवेदन अनुसार छिमेकी एक महिलाले घरमा धेरै कुखुरा पालेकी छन् । हरेक बिहान उनको घरका कुखुराहरु चर्को आवाजमा चिच्याउने र त्यो आवाजले आफूलाई धेरै नै बाधा पारेको उनको जिकिर छ ।कामको व्यस्तताले रात अबेर घर आउने र बिहान निद्रामै रहेको बेला कुखुराको चर्को आवाजले समस्यामा पार्ने उनले बताएका छन् । एजेन्सी
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१