
काठमाडौं । तारा एयरको जहाजमा चरा ठोक्किएको छ । हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किएको हो । नेपालगञ्जबाट हुम्लाको सिमकोटतर्फ उडेको कार्गो जहाजमा चरा ठोक्किएको जनाइएको छ ।त्यहाँको अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा चिल ठोक्किएको थियो । तारा एयरका कर्मचारीले पनि यसको पुष्टि गरेका छन् । दिउँसो करिब १ बजेतिर चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति पुगेको छ ।
जहाजमा सवार चालक दलका सबै सदस्य सिमकोट विमानस्थल अवतरण गरिसकेका छन् । जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना सवार रहेको बताइएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१