
तनहुँ।तनहुँमा मदिरा पिएकी श्रीमतीले श्रीमान्को हत्या गरेकी छन्। शुक्लागण्डकी नगरपालिका घर भएकी सुशीला विकले बुधबार साँझ साढे ९ बजे मदिरा सेवन गरि विवाद गरेकी सुशीलाले श्रीमान् ४० वर्षीय मनबहादुर नेपालीलाई कुटपिट गरी ढुंगाले टाउकोमा हिर्काएर उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार श्रीमतीको कुटपिटबाट गम्भीर बनेका नेपालीको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास केन्द्रमा उपचारका क्रममा राति ११ बजे मृत्यु भएको हो।पोखरा महानगरपालिकाको सिसुवा स्थायी घर भएका उनी हाल तनहुँको शक्ला गण्डकी–४ प्रगति टोलमा श्रीमतीसँगै डेरामा बस्दै आएका थिए। घरयाँसी कुरामा विवाद भएको र त्यसपछि सुशीलाले मनबादुरलाई कुटपिट गरेको प्रहरीले जनाएको छ।
प्रहरीले हत्या आरोपमा सुशीलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१