
सोलुखुम्बु।केही दिनयता निरन्तर बढेको चिसोका कारण जनजीवन कष्टकर बनेको छ । सोलुखुम्बुको नाम्चे, खुम्जुङ, थामे, लुक्ला लगायतका क्षेत्रको जनजीवन कष्टकर बनेको छ । शुक्रवारदेखि नाम्चेसहितका क्षेत्रमा हिमपात सुरु भएपछि चिसो अत्याधिक बढेको हो ।चिसोका कारण सबैभन्दा बढी मारमा वृद्धवृद्धा र बालबालिका परेका छन् ।
लुक्लाको न्यूनतम तापक्रम माइनस १ दशमलव ६ डिग्री सेल्सियसभन्दा तल झरेको हावापानी मापन केन्द्र लुक्लाले जनाएको छ । लुक्लाभन्दा माथिल्लो क्षेत्रको तापक्रम भने माइनस दुईभन्दा कम रहेको छ। तापक्रम घटेसँगै पानी जम्न थालेकाले दैनिकी कष्टकर बनेको स्थानीयले बताएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१