• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र १७, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

२

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

३

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

४

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

५

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

६

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

७

प्रधानमन्त्री ओली चीन प्रस्थान

८

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

९

आजको मौसम पूर्वानुमानः देशभर मध्यम वर्षाको सम्भावना

१०

विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

११

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

१२

कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवनका पत्रकारहरुको कालिका नगरपालिकाद्वारा १० लाखको दुर्घटना बिमा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष १८, सोमबार (२ साल अघि)
    durghatana-Bima

    Advertisement

    चितवन।चितवनको कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यहरुको १० लाखको दुर्घटना बिमा गर्ने भएको छ ।
    नगरपालिका र महासंघबीच दुर्घटना बीमासम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर गरिएको छ ।नगरप्रमुख विनोद रेग्मी र महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नगरपालिकाले पत्रकार सामूहिक दुर्घटना बिमा कार्यविधि–२०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेर आज महासंघसँग सम्झौता गरेको हो । आगामी दिनहरुमा बिमा कार्यक्रमलाई निरन्तरता दिने गरी कार्यविधि बनाएर व्यवस्थित गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिए ।कार्यविधिमा बिमाका लागि नगरप्रमुख संयोजक रहने गरी समिति निर्माण गरिएको छ । महासंघका अध्यक्ष समेत समितिमा रहने गरी कार्यविधि बनाइएको नगरप्रमुख रेग्मीले बताए । आज सम्झौता भएसँगै पत्रकारहरुको बिमा प्रक्रिया अघि बढ्ने र केही दिन भित्रै महासंघका सदस्यहरुको बिमा हुने रेग्मीले बताए । उनले भने, ‘यसबाट पत्रकार र पत्रकारका परिवार लाभान्वित हुने छन् ।’

    कसैको पनि दुर्घटना नहोस् र लाभान्वित हुन नपरोस् भन्ने आफ्नो चाहना रहेको भन्दै नगरप्रमुख रेग्मीले भइ परी आउने दुर्घटनाबाट राहतका लागि बिमा कार्यक्रम गर्न लागिएको बताए । कालिका नगरपालिकाले यसअघि गत आर्थिक वर्षमा पत्रकारको सात लाखको दुर्घटना बिमा गराएको थियो । अघिल्लो वर्ष तीन लाख रुपैयाँको दुर्घटना बिमा गरिएको थियो ।नगरपालिकाले कार्यविधि नै बनाएर आगामी दिनमा पत्रकारहरुको १० लाख रुपैयाँको दुर्घटना बिमा गर्न लागेको हो । यो बिमाअन्तर्गत दुर्घटनाबाट मृत्यु भएकाको पत्रकारको परिवारलाई १० लाख र घाइते हुने पत्रकारको उपचार खर्च पाउने गरी कम्पनी छनोट गरेर बिमा गरिनेछ ।नगरपालिकाका उपप्रमुख विमला तामाङले नगरपालिका र महासंघका बीचमा संस्थागत रुपमा यो कार्यक्रमसँगै सहकार्य भएको बताइन् । महासंघका अध्यक्ष अधिकारीले हाल महासंघमा २७६ पत्रकार रहेकोमा अन्यत्र दुर्घटना बिमा भएकालाई घटाएर बाँकी सबैको बिमा गरिने बताए । संस्थागत रुपमा नगरपालिकासँग सम्झौता गर्न पाएकोमा खुसी प्रकट गर्दै अध्यक्ष अधिकारीले यसबाट पत्रकार र परिवार लाभान्वित हुने बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै


  • Advertisement

    समाचार
  • १

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • २

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ३

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ४

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ५

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • ६

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • ७

    प्रधानमन्त्री ओली चीन प्रस्थान

  • ८

    कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

  • ९

    आजको मौसम पूर्वानुमानः देशभर मध्यम वर्षाको सम्भावना

  • १०

    विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution