• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र १७, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

२

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

३

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

४

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

५

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

६

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

७

प्रधानमन्त्री ओली चीन प्रस्थान

८

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

९

आजको मौसम पूर्वानुमानः देशभर मध्यम वर्षाको सम्भावना

१०

विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

११

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

१२

कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    १७ वर्षीय बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई कैद सजाय

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष १९, मंगलबार (२ साल अघि)
    jail-1

    Advertisement

    सप्तरी।१७ वर्षीया बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने दुईजनालाई सोमबार कैद र जरिवानाको फैसला भएको छ । सप्तरी जिल्ला अदालतबाट गम्भीर अपराधको घटना मिलाउन दबाब दिनेलाई डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुर ललितपुरका ५० वर्षीय शत्रुघन मण्डल र ४५ वर्षीय उचितलाल मण्डललाई एक वर्ष कैद सजायको फैसला भएको हो ।जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले सो फैसाला र गरेको हो । साथै आरोपितहरूको नजिकका नातेदार रहेका उनीहरूबाट रु २५ हजार पीडित परिवारलाई क्षतिपूर्तिवापतको रकम भराउनुपर्ने पनि फैसला पनि भएको अदालतका श्रेस्तेदार कुमार मास्केले बताए ।बलात्कारको घटनापछि आरोपितहरूविरुद्ध उजुरी गर्न रोक लगाउँदै उनीहरुले पीडित परिवारलाई प्रहरीकहाँ उजुरी गरे गाउँ निकाला गर्ने र सामाजिक बहिष्कार गर्ने चेतावनी दिएका थिए । न्याय पाउने आशा मरेपछि घटनाको भोलिपल्टै पीडित बालिकाले आत्महत्या गरेकी जनाइएको छ ।शत्रुघनका दाजु ६५ वर्षीय जयकान्त मण्डल, भाइ ४५ वर्षीय देबु मण्डल, सोही गाउँका ५० वर्षीय सत्यनारायण मण्डल, ६० वर्षीय वासुदेव मण्डल, ४५ वर्षीय बिन्देश्वर मण्डल र वंशराज मण्डललाई जनही रु २० हजार जरिवाना गर्ने फैसला भएको छ । निजहरू सबैबाट समेत जनही रु २५ हजार पीडित परिवारलाई क्षतिपूर्तिवापतको रकम भराउने फैसला भएको अदालतका श्रेस्तेदार मास्केले बताए ।

    सामूहिक बलात्कारका मुख्य आरोपित १७ र १६ वर्षीय दुई बालकलाई कसुरदार ठहर गरी सजाय निर्धारणका लागि यही पुस २८ गतेको मिति निर्धारण गरिएको छ । बलात्कारको आरोपमा २०७७ असोज १ गते पक्राउ परेका दुई बालक अदालतको आदेशमा असोज २७ गतेदेखि पुर्पक्षका लागि बाल सुधारगृह वीरगञ्जमा छन् ।

    सोही घटनामा ‘वारेण्ट’पछि अदालतमा हाजिर भएका २७ वर्षीय धर्मदेव मण्डललाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने ठहर गरिएको छ । अर्का फरार २५ वर्षीय विसु भनिने विष्णु मण्डलको हकमा पक्राउ परेपछि फैसला हुने गरी मुद्दा मुल्तबी राख्ने फैसला भएको छ ।प्रहरीले आत्महत्या दुरुत्साहनमा जयकान्त, वासुदेव र सत्यनारायणलाई २०७७ भदौ ३० गते नै पक्राउ गरेको थियो । उनीहरु जनही रु एक लाख १० हजार धरौटी राखेर पुर्पक्षका लागि रिहा भएका थिए । प्रहरीले राजविराजबाट २०७७ पुस ६ गते शत्रुघनलाई पक्राउ गरेकामा अदालतको आदेशानुसार पुस ८ गते रु दुई लाख धरौटी राखी पुर्पक्षका लागि रिहा भएका थिए ।आफ्नो धानखेतमा पानी हेर्न गएकी बालिकामाथि २०७७ भदौ २९ गते बिहान सामूहिक बलात्कार भएको थियो । बलात्कारको उजुरी गर्न पञ्चहरूले रोक लगाएपछि घटनाको दोस्रो दिन भदौ ३० गते उनले आत्महत्या गरेकी थिइन् । सामूहिक बलात्कार घटनाका आरोपितहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेले नै रोक लगाउँदै धम्कीपूर्ण चेतावनी दिएपछि पीडित बालिकाले घरमै झुण्डिएर आत्महत्या गरेको भन्दै पीडितकी आमाले उजुरी दिएकी थिइन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै


  • Advertisement

    समाचार
  • १

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • २

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ३

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ४

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ५

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • ६

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • ७

    प्रधानमन्त्री ओली चीन प्रस्थान

  • ८

    कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

  • ९

    आजको मौसम पूर्वानुमानः देशभर मध्यम वर्षाको सम्भावना

  • १०

    विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution