पाेखरा ।नेकपा एमाले गण्डकी प्रदेश सभाकाे प्रमुख सचेतकमा नवलपुरबाट निर्बाचित प्रदेश सभा सदस्य राेशन गाहा नियुक्त भएका छन् ।आज बसेकाे एमाले संसदीय दलकाे बैठकमा मुख्यमन्त्री एवं एमाले गण्डकी प्रदेश सभाका संसदीय दलका नेता खगराज अधिकारीले गाहालाई प्रमुख सचेतमा नियुक्त गरेकेा जानकारी दिए ।गण्डकी प्रदेश सरकारमा मन्त्री बन्ने सम्भावित सांसदका रुपमा गाहाकाे नाम आइरहेकाे थियाे । ०७४ काे निर्बाचनमा पनि प्रदेश सभा सदस्य निर्बाचित भएका गाहा पृथ्विसुब्बा गुरुङ मुख्यमन्त्री भएकाे बेला पनि मन्त्रीकाे दावेदार थिए ।
यस पटक पुन प्रदेश सभामा निर्बाचित भएपछि एमालेवृत्तमा उनी पहिलाे चरण मै मन्त्री बन्नछन् भन्ने चर्चा थियाे । तर मुख्यमन्त्री अधिकारीले उनलाई प्रमुख सचेतक नियुक्त गरे । गाहालाई प्रमुख सचेतका नियुक्त गर्नु भनेकाे यस पटक उनकाे मन्त्री बन्ने सम्भावना सकिएकाे एक प्रदेश सभा सदस्यले बताए ।
नमुना सन्देश साप्ताहिक द्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - २ नवलपुर
9867130145
[email protected]
[email protected]