
पाेखरा । मुख्यमन्त्री खगराज अधिकारीलाई ३१ सांसदले विश्वासको मत दिएका छन् । शुक्रबार मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि सांसदमा प्रस्ताव पेश गरेका थिए । उनको प्रस्तावमा छलफल सकेपछि मतदान भएको थियो । मतदानमा ५८ सांसद उपस्थित थिए । एमालेबाट जेष्ठ सदस्य मित्रलाल वस्यालले सभाअध्यक्षकाे भूमिकामा थिए ।
अधिकारीकाे पक्षमा ३१ मत परेको छ भने २७ मत मात्रै विपक्षमा परेको छ । १ संसद अनुपस्थित भएका छन् । एमालेका अधिकारीलाई माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१