
कावासोती । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पूर्वी नवलपरासीको कावासोतीका मोहन श्रेष्ठको पनि निधन भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीमा कृषि प्रसार अधिकृत पदमा कार्यरत कावासोती ६ बिष्णुनगर निवासी ३५ वर्षिय मोहनप्रकाश श्रेष्ठको पनि विमान दुर्घटनामा परि मृत्यु भएको हो । श्रेष्ठको शव परिवारले पहिचान गरिसकेको र आजै परिवारलाई जिम्मा लगाउने तयारी भईरहेको छ । श्रेष्ठको परिवार आइतबार दिउसो नै पोखरा पुगेको थियो ।
विगत पाँच बर्ष देखी सरकारी सेवामा कार्यरत श्रेष्ठ आइतबार काठमाडौँ वाट पोखराका लागि आउदै गर्दा विमान दुर्घटनामा परेका थिए । श्रेष्ठको परिवारमा श्रीमती,एक छोरी र बुवा, आमा रहेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१