
कावासोती । नवलपरासी वर्दघाट सुस्ता पूर्व(नवलपुर)का प्रमुख जिल्ला अधिकारी (सिडियो) सुमन घिमिरे गृह मन्त्रालयमा तानिएपछि कृष्ण प्रसाद लम्साललाई नवलपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।
त्यस्तै उनीहरु सहित सरकारले एकै पटक ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको हो । उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको छ । सरुवा हुनेमा सिडिओ, सहायक सिडिओका साथै जेलर, निर्देशकसम्म रहेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१