
चितवन।चितवनका एक किशोर सोमबारदेखि वेपत्ता भएका छन् । माडी नगरपालिका ३ बसन्तपुरका विपिन पंगेनी सोमबारदेखि वेपत्ता भएको परिवारले जनाएको छ । घरबाट दिउँसो साढे एक बजे माडीस्थित घरबाट भरतपुरमा रहेको होस्टलमा जान्छु भनेर हिडेका उनि अपरान्ह पाँच बजेदेखि परिवारको सम्पर्कमा छैनन् । दिउसो २ बजे गीतानगर स्थित मामाघरमा आएका उनि पाँच बजे होस्टल जान्छु भनेर म्याजिक चढेका थिए । उनि भरतपुरको बाल्मिकी स्कूलमा कक्षा ८ अध्ययन गर्दै आइरहेका छन् ।उनि भरतपुरमा होस्टलमा बसेर पढ्ने गरेको विपिनकी आमा सिता पंगेनीले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले छोराको खोजी गरेर सहयोग गरिदिन सबैमा अपिल समेत गर्नुभएको छ ।
यदि कसैले किशोरका बारेमा थाहा पाए ९८४४२१२८८० मा सम्पर्क गरिदिन अथवा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१