
काठमडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न रवि लामिछाने बालुवाटार पुगेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएर पार्टी सभापतिमा पुनः चयन भएपछि उनी प्रचण्डलाई भेट्न पुगेका हुन् ।सर्वोच्च अदालतले नागरिकता प्रकरणमा दोषी देखाएपछि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गएको थियो । साथै उनको सांसद पद र पार्टी सभापति पदपनि गएको थियो ।
गृहमन्त्रीबाट रवि हटेपछि प्रचण्डले आफैं सो मन्त्रालय सम्हालिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो मागमा परेको मन्त्रालय आफूले नै पाउनुपर्ने माग गर्दै आएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१