पोखरा।स्याङ्जाको पञ्चमूलको १४ ठाउँमा चोरी भएको छ । गएराती स्याङ्जा आँधिखोला गाउँपालिका–१ पञ्चमूलमा वडा कार्यालय, गुम्बा, सहकारी, व्यक्तिको घर गरी १४ ठाउँमा चोरी भएको उक्त वडाका वडाध्यक्ष पवनकाजी अधिकारीले जानकारी दिए ।‘व्यक्तिको घरबाट साढे १० तोला सुन चोरी भएको छ । वडा कार्यालयको ४५ हजार रुपैयाँ राजस्व, सहकारीको ३ हजार रुपैयाँ जति खुद्रा पैसा पनि चोरी भएको प्रारम्भिक जानकारी आएको छ,’ वडाध्यक्ष अधिकारीले भने ।
चोरी गर्ने व्यक्तिले सहकारीको सिसीटिभी फुटेजको हार्डड्राइभ पनि लगेको वडाध्यक्ष अधिकारीले बताए । ‘पैसा ५÷६ लाख रुपैयाँ जति चोरी भएको अनुमान छ । अहिले म प्रहरीकहाँ छु । थप अनुसन्धान हुँदैछ,’ उनले भने । आँधिखोला–१ को पञ्चमूलको ३ किलोमिटर क्षेत्रभित्र यी चोरीका घटना भएका हुन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१