
बुटवल ।रूपन्देहीको भैरहवामा गएराती भएको सडक दुर्घटनामा परी १ जनाको ज्यान गएको छ। उक्त दुर्घटनामा अन्य २ जना घाईते भएका छन्।बुटवलबाट भैरहवातर्फ गईरहेका बस र कार भैरहवाको अञ्चलपुरस्थित सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।सडकमा रोकिराखेको लु २ ख ६०६ नम्वरको ट्रकमा ठोक्किने सवारी साधनमा लु २ ख ६०३८ नम्वरको बस र ग १ च ३७१३ नम्वरको निजी कार रहेको प्रहरीले जनाएको छ। दुर्घटना परि मृत्यु हुने र घाईते हुने सबै बसका कर्मचारी हुन्।दुर्घटनामा परि तनहुँको भिमाद नगरपालिका वडा नं ५ बस्ने २१ वर्षिय हरिश तिवारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। त्यसैगरी पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका वडा नं १ बस्ने ३९ वर्षिय बासु घिमिरे र सोही ठाउँका १६ वर्षिय दिपेश घिमिरे घाईते भएका छन्।
सिद्धार्थ राजमार्गको बेलहिया बुटवल सडक खण्ड अन्तर्गत अञ्चलपुरमा रहेको नेपाल आयल निगमको डिपो अगाडि रोकिराखेको ट्रकमा बस र निजी कार राती करिव ३ः३० बजेको आसपासमा ठोकिएको प्रहरीले जनाएको छ। घाईतेलाई उद्धार गरी भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका लागि पठाईएकोमा चालक सिटमा रहेका तिवारीको मृत्यु भएको र अन्य २ जना घाईतेको उपचार भईरहेको प्रहरीले जनाएको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१