
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा जीप दुर्घटना हुँदा एक जना घाइते भएका छन् । आज दिउँसो १२ बजे वालिङ नगरपालिका ११ सिर्सिकोट छापास्थित बायटारी सिर्सीकोट भित्र सडक खण्डमा सिर्सिकोटबाट वालिङ तर्फ आउँदै गरेको लु १ ज २५३६ नम्बरको जीप दुर्घटना हुँदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
जीप अनियन्त्रित भई सडक देखि ८ मिटर तल खस्दा वालिङ नगरपालिका नगरपालिका ११ सिर्सिकोट छापा बस्ने ३४ वर्षीय बिजय गोतामे घाइते भएका हुन् । गोतामेको टाउको र अनुहारमा चोट लागेकोमा प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा पठाइएको छ ।
जीपमा सावर अन्य यात्रुहरुलाई केही नभएको र जीप चालक प्रहरीले नियन्त्रणमा रहेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१