
राम भुषाल
कावासोती । नवलपुरको गैंडाकोटमा सवारीको ठक्करबाट १ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपुरको गैंडाकोट १० पितौजीमा बुधबार साझ साढे नौ बजे सवारीको ठक्करबाट सोही ठाँउको अन्दाजी ५०/५५ बर्षिय महिला सन्तमाया बोटेको मुत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएको बोटेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी अझै खुल्न सकेको छैन् । ठक्कर दिने सवारीसाधनको खोज तलास भइरहेको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१