
काठमाडाैं । ललितपुरमा ग्यास सिलिण्डर विष्फोट हुँदा ५ जना घाइते भएका छन्। आज अपराह्न सवा १२ बजेतिर महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा ग्यास सिलिण्ड विष्फोट भएको हो। विष्फोटमा परी घाइते भएकामध्ये एक महिलाको अवस्था भने चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार प्रहरी घटनास्थलमा पुगिसकेका छन्। उनीहरूले घाइतेको उद्धार गरी अस्पताल पठाएका छन्। सिलिण्डर विष्फोटको कारण भने पत्ता लाग्न सकेको छैन।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१