
काठमाडौं । मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको ना ७ ख ७४४० नम्बरको बस कालीगण्डकी नदीमा खसेको छ। मुस्ताङको थासाङ–३ धम्पुमा बस दुर्घटना भइ कालीगण्डकीमा खस्दा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख (डिएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए।
घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको अन्यको अवस्था सामान्य रहेको पौडेलको भनाइ छ। घाइते भएका ११ जनालाई थप उपचारका लागि पोखरा पठाइएको उनको भनाइ छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१