
चितवन।पूर्वी चितवनको रत्ननगर नगरपािलका–७ बद्रेनीस्थित राप्ती नदीमा डुबेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ३१ वर्षीय प्रसन्न न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।न्यौपानेको शव आज बिहान १०ः३० बजे नदीमा डुवेको अवस्थामा माझीहरुले देखेका थिए ।
घटनाका बारेमा इलाका प्रहरी कार्यालयको टोलीले अनुसन्धान सुरु गरेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।उहाँका अनुसार शवपरीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ ।रासस
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१