
काठमाडौं।नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ। आज दिउँसो करिब १ बजेदेखि नेटवर्कमा समस्या देखिएको हो।अहिले नेपाल टेलिकम सिम प्रयोगकर्ताहरूले कुनै पनि नेटवर्कमा कल गर्दा फोन नै नलागी काटिने समस्या देखिएको छ।त्यस्तै, मेसेजिङमा पनि समस्या आइरहेको छ। मेसेज गएपनि पाउने व्यक्तिले १०-१५ मिनेटमा पाइरहेका छन्। यसबाहेक डेटा नचल्ने जस्ता समस्या समेत देखिएको छ।
नेपाल टेलिकमको नेटवर्कमा समय-समयमा समस्या देखिने गरेको छ। कम्पनीको नेटवर्कमा गत माघ ३ दिउँसो १२ बजेदेखि ३ बजेसम्म समस्या देखिएको थियो।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१