• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ १७, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

२

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

३

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

४

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

५

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

६

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

७

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

८

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

९

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१०

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

११

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

१२

थाकल बेचेरै पालिएका छन् परिवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    वनको कार्ययोजनामा दिगो वन व्यवस्थापन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ फागुन ४, बिहिबार (२ साल अघि)
    Thakur

    Advertisement

    ठाकुर प्रसाद पाण्डे
    सामुदायिक वन स्वतन्त्र, अभिछिन्न, स्वशासित र संगठित संस्थाको रुपमा वन ऐनले परिभाषित गरेको अवस्था छ । यसले स्थानीय समुदायको आधारभुत आवश्यकता पुरा गर्ने विशेषगरी स्याउला, सोत्तर, पत्कर, दाउरा, काठ, जडिबुटी, गैरकाष्ठ अर्थात प्रत्यक्ष र अप्रत्यक्ष फाइदा वातावरणीय सेवा भुक्तानी पारिस्थितिकिय प्रणाली जैविक विविधता, पर्यापर्यटन लगायतको दिगो संरक्षण विकास र पूवर्धन गरी आयआर्जनका माध्यमबाट गरिबी न्यूनिकरणमा महत्वपूर्ण योगदानको परिकल्पना नै अहिलेको सफल सामुदायिक वन हो ।
    सामुदायिक वनको कार्ययोजना भनेको वन संचालनको एउटा महत्वपूर्ण दस्तावेज हो । यसले वनक्षेत्रको संरक्षण, सम्वर्धन र सदुपयोगका विषयमा स्थानीय समुदायको परम्परागत ज्ञान, सिप, क्षमता, आवश्यकता वनको अवस्था, माटोको उर्वरा शक्ति, जमिनको भिरालोपना, प्रकाशको उपलब्धता, वनस्पति मध्ये मुख्य प्रजाती, सहायक र अन्य वनस्पती, दुर्लव तथा खतराको सुचीमा परेको वनस्पती, पुर्नउत्पादन मौजुदा अवस्था, लाथ्रा, पोल र रुखको वृद्धिदर छत्र घनत्वलाई आधार मानेर उपभोक्ताले वन सम्वर्धनमा कुन प्रणली अपनाउने भन्ने निर्णयलाई अधिकार सम्पन्न मानेर निर्णयमा सहभागीता हुने । उपरोक्त विषयलाई छुट्टाछुटै विश्लेषण गरी उक्त विषयको अवस्थालाई कार्ययोजनामा उल्लेख गर्दै उपभोक्ताको सहभागीतामा मात्र कार्ययोजना निर्माण प्रक्रिया अगाडी बढाउनु पर्दछ । कुनै परामर्शदाता तथा बाहिरको प्राविधिकले सैदान्तिक पक्षका विषयलाई मात्र सम्वोधन गर्ने तर वनको अवस्था, भौगोलिक स्थिती, उपभोक्ताको क्षमता जस्ता विषयलाई विचार नपु¥याउदा कार्ययोजना फेरी पनि प्राविधिक मैत्री मात्र हुने तर उपभोक्ता मैत्री नहुने भएकोले प्राविधिकको सहयोग बिना वन सम्वर्धन र सदुपयोग निष्प्राभि बन्न जाने अवस्था प्रति उपभोक्ताको सक्रिय भूमिका महत्वपूर्ण देखिन्छ ।
    वन सदुपयोगका लागि सम्पूर्ण वनक्षेत्रबाट ढलापडा, सुख्खडखडा र वार्षिक कार्ययोजनामा उल्लेख भए अनुसार संकलन गर्ने तर कार्ययोजनामा वार्षिक कटान परिणाम उक्त ढलापडा र सुख्खडखडाबाट पुरा हुन नसकेमा सम्वन्धीत वर्षको सम्वन्धीत ब्लकबाट वार्षिक वृद्धिदर रोकिएको रुख कटान गर्न सकिने व्यवस्थालाई उल्लेख गर्ने । तर वन क्षेत्रमा ढलापडा सुख्खडखडा प्रशस्त भएको कारणले वार्षिक कटान परिणाम भन्दापनि बढि रुख संख्या भएमा बढि भएको काठ कटान गरी घाटगद्धीको कम्पाउण्डमा घाटगद्धी गर्ने र सुरक्षित गरी स्टक काठको अभिलेख राख्ने अर्को वर्षको सदुपयोग वा दैवीप्रकोप जस्ता विषयमा क्षतिग्रस्त स्थानका पिडित उपभोक्तालाई वितरणको व्यवस्था मिलाउनको लागि कार्ययोजनामै सुनिश्चित गर्ने । वन सदुपयोग तथा सम्वर्धन कार्य गर्दा वनमा क्षति हुने कुरालाई न्युनीकरणका उपायहरु अपनाउने । सामुदायिक वनको कार्ययोजनामा जैविक विविधताको पहिचान, संरक्षणलाई अभिलेख राख्ने । यसलाई समय समयमा अध्यावधिक गर्ने । जडिबुटी पहिचान, उपयोगको महत्व, तयारी विधि, दिगो खेती प्रयोग विधिलाई अभिलेख गर्ने र पुस्तान्तरण गर्दै लाने प्रक्रिया सुरु गर्ने । सम्भाव्य क्षेत्र, संरक्षणका क्रियाकलाप र व्यावसायिक योजना निर्माण गर्ने उत्पादन, वितरणका लागि वन उद्यमका लागि थप निर्देशिका, नियमावली र कार्यविधि समेतबाट थप परिस्किृत गर्नको लागि कार्ययोजनामा मार्ग प्रशस्त गर्ने ।
    जलवायु जन्य जोखिम न्युनीकरण र अनुकुलनका प्रयास जोखिम क्षेत्र, समुदाय, जाति, वर्ग विश्लेषणको आधारमा अनुकुलन तथा न्युनीकरणका प्रयास, राहत, पुर्नस्थापना र विकासका योजनालाई समावेश गर्ने । वनक्षेत्रले कार्बन संचिती र शोषण गरे बापत कार्बन व्यापारको बस्तु, सेवाका विषयमा कार्ययोजनामा स्पष्ट हुनु पर्दछ । जसले भोलीका दिनमा कार्बनबाट हुने आम्दानी र त्यसको योजनाको लागि आधार तयार गर्न मद्धत पुग्दछ । यस्ता कार्यक्रमलाई सामुदायिक वन उपभोक्ता समुहले साधारण सभाबाट नीति कार्यक्रमको बजेट सहित तयारी योजना आवश्यक छ । वन क्षेत्रभित्रको ताल, पानीका मुल, सिमसार तथा खोला खोल्सी पानी संरक्षणका लागि महत्वपूर्ण प्राथमिकताको आधारमा संरक्षणका लागि योजना निर्माण, जनावर, पशुपंक्षि जिवजन्तुको लागि पानी खान सजिलो हुन सक्ने संरचनाको विकास गर्ने । पानीको अभाव भएका क्षेत्रमा पोखरी खन्ने र जिव वनस्पती देखि डढेलो नियन्त्रणका लागि पानीको यथेष्ट व्यवस्था गर्नको लागि दिगो वन व्यवस्थापनको कार्ययोजनामा उल्लेख गर्ने ।
    सामुदायिक वन भित्र अग्नि रेखा र अग्नि नियन्त्रण रेखा खन्ने विषयमा बेला बखतमा उपभोक्ता समुह र वन कार्यालय बिच विवादलाई दिर्घकालिन समाधानको लागि स्पष्ट रुपमा कार्ययोजनामा स्पष्ट उल्लेख गर्ने । त्यसको लम्बाई चौडाईलाई कार्ययोजनामा नै प्रष्ट एकिन गर्न सकिने भएकोले पटक–पटकको विवादलाई दिर्घकालिन रुपमा समाधान गर्न सकिन्छ । कार्ययोजनाको नक्सामा नै डढेलो प्रभावित क्षेत्र, डढेलो मुक्त क्षेत्र उपभोक्ताहरुको परम्परा देखि प्रयोग गर्दै आएको बाटो, मठ, मन्दिर, संस्कार तथा अन्त्यवष्टी स्थल लगायतका स्थानलाई कालान्तरमा क्षेत्रवृद्धि नहुनेगरी सहमतिको आधारमा क्षेत्र एकिन गर्न सके समस्याको दिर्घकालिन समाधान हुन सक्छ ।
    स्थानीय समुदाय आदीवासीहरुको प्रथाजनिक अधिकार परम्परागत मुल्यमान्यता, धर्म संस्कार रितिरिवाज, जन्ममृत्यु संस्कारमा प्रयोग हुने वनस्पति, स्थान, ढुङ्गा, ताल, पोखरी आदीको विषयमा सहमतिपूर्ण तरिकाबाट व्यवस्थापन गर्नु पर्दछ । यसबाट प्राकृतिक स्रोतको संरक्षण, महत्वको विषयमा सक्रिय सहभागीतामा वृद्धि हुन पुग्दछ र अपनत्व भावनामा समेत सम्मान पुग्दछ । भूपरिधि स्तरका महत्वपूर्ण स्थान, संकटासन्न जिव वनस्पति पौराणिक स्थान, कोरिडोर लगायतलाई मध्यनजर गर्दै छिमेकी समुहसंग एकिकृत योजना निर्माण गरी बहुआयामिक दृष्टीकोणबाट संरक्षणमा योगदानको लागि कार्ययोजनामा निर्दिशष्ट गर्न सकिन्छ ।
    सामुदायिक वनको वस्तुलाई उद्यम विकास गरी बजार सम्म पुर्याउने र आयआर्जनको स्रोतको रुपमा विकास गर्नका लागि वन प्रमाणीकरण आधारमा समुहको दिगो विकास गर्न सकिन्छ । कुनै एउटा समुहले आप्mनै समुहको काठबाट ठेकी उत्पादन गरी विक्री वितरण गर्दा वन प्रमाणीकरणका आधारमा संचालन गर्नु पर्दछ । ठेकीको काठ दुर्लभ वनस्पतिको वन पैदावार नभएको हुनु पर्ने । प्रतिबन्धित प्रजातिबाट निर्माण नभएको पुष्टी हुनु पर्दछ, त्यसैगरी उत्पादनमा स्थानीय ज्ञान, सिप, क्षमता, स्थानीय मजदुर उसको मापदण्ड अनुसार श्रमको ज्याला, बाल श्रमको प्रयोग, महिला, दलित, विपन्न वर्गको प्राथमिकता, बजार मुल्य र लागत मुल्य अनुसारको मुल्य निधारण, वातावरण मैत्री कानुनि मान्यता सरकारी कर तथा राजश्व लगायतका विषयमा वस्तु उत्पादनको सिफारिस तथा अनुमति पत्र प्राप्त भएको बस्तुले मात्र कानुनि रुपमा स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा विक्री वितरणको लागि आधार तथा मापदण्ड प्राप्त गर्न सक्ने भएकोले उद्यमको दिगो विकासका लागि यि पूर्वाधारहरु कार्ययोजना मार्पmत तयारी गर्दै जान सकिन्छ ।
    वन क्षेत्रमा संचालन गरिने पर्यापर्यटन पार्क, पिकनिक स्पोर्ट लगायतका संरचना निर्माणका लागि कार्ययोजना अन्र्तगतका ब्लकमा राख्दा प्रभावकारीता, समुदाय पहुच, वनक्षेत्रमा असर नपुग्ने गरी स्थान निर्धारण गर्ने र संरचना निर्माणका लागि वातावरण मैत्री हुनु पर्ने छ ।
    (लेखक : सामुदायिक वन उपभोक्ता महासंघ, नवलपुरको जिल्ला अध्यक्ष हुन्)

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • नारायणगढ-मुग्लिन सडक सञ्चालनमा


  • Advertisement

    समाचार
  • १

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • २

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ३

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ४

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ५

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ६

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ७

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ८

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • ९

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • १०

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution