
पोखरा । पोखराको बेगनास-पोखरा सडकखण्डमा बस दुर्घटना भएको छ ।करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकीनजिकै शिशुवा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम चलिरहेको र थप जानकारी आउन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ ।
बस बेगनास तालबाट पोखरातर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।कास्की प्रहरीका निरीक्षक ज्ञान खड्काका अनुसार अहिले घाइतेको अवस्था एकीन भइसकेको छैन भने घाइतेको उपचारका लागि अस्पताल लगिँदै छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१