
स्याङ्जा। वालिङ नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका २ धुर्कोट बस्ने ३२ वर्षीय नविन सुनार र वालिङ नगरपालिका ८ मिर्दि बस्ने अन्दाजी १४ वर्षीय सोविन विक रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
वालिङ नगरपालिका ६ आम्डाली स्थित भित्री सडक खण्डमा जगत भङ्जयाङबाट मिर्दि तर्फ ढुङगा लिएर आउँदै गरेको ग १ त ६८८६ को नम्बरको ट्याक्टर आइतबार राति ८ बजे अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१