
दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार एक सूचना जारी गर्दै मुग्लिन पोखरा सडक विस्तारको काम अगाडि बढिरहेको बेला उक्त खण्डमा विस्तारको काम छिटो छरितो रुपमा गर्न १० दिनसम्म दिनको ४ घण्टा बन्द गर्ने भएको हो ।मुग्लिन पोखरा योजना पूर्व खण्डबाट अनुरोध भइआएकाले सडक बन्द गरी निर्माण कार्य अगाडि बढाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरैले जानकारी दिए ।
राजमार्ग विस्तारका क्रममा ठुलो मात्रामा ब्लक कटिङको कार्य गर्नुपर्ने भएकाले मनसुन सुरु हुनु अगावै कटिङको काम सम्पन्न गर्ने आवश्यक बन्दोबस्त मिलाउन योजनालाई अनुरोध गरिएको उनले बताए । आबुँखरैनी ४ डम्पिङ्गमा गत वर्ष पहिरोका कारण भासिएको सडक हालसम्म एकतर्फी मात्र सञ्चालन भइरहेकाले यस वर्ष मनसुन सुरु हुनु पुर्व नै सडक मर्मत गर्न सडक डिभिजन दमौलीलाई अनुरोध गरिएको समेत उनले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१